३१ असार २०८३, बुधबार | July 16, 2026

गृहको आदेश कार्यान्वयन नहुँदा उपत्यकामा कोरोना जोखिम बढ्यो, भनसुनका आधारमा उपत्यका छिर्ने संख्या ठूलो



काठमाडौं । सरकारले जारी गरेको लकडाउन कायम हुँदासम्म केहि शान्त देखिएको संघीय राजधानी काठमाडौं लकडाउन हटाएसँगै कोरोनाको चपेटामा परेको छ ।

बिहीवार देशका ४१ जिल्लामा ३ सय ६० जना संक्रमित थपिँदा काठमाडौंमा मात्र ७६ जना संक्रमित थपिए । ४१ जिल्लाहरुको तुलनामा राजधानीमा थपिएको संख्या सबैभन्दा बढी देखियो । स्वास्थ्य सुरक्षाका दृष्टिकोणले यो तथ्यांक निकै जोखिमपूर्ण मानिएको छ ।

उपत्यकामा ७६ जना थपिँदा भक्तपुरमा १ र ललितपुरमा १० जना थपिए। पछिल्ला केही दिन यता उपत्यकाभित्र कोरोना संक्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ ।

अहिले सम्ममा ४ सय ७२ जना काठमाडौं, १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुर गरी उपत्यकामा मात्र ६ सय ७४ जना संक्रमित पुष्टि भईसकेका छन् ।

संघिय सरकारले स्वास्थ्य सुरक्षाका नीति बनाउँदा राजधानीलाई केन्द्रबिन्दुमा राखेर नीति बनाउँदै आएपनि कोरोना संक्रमण राकिन नछाडे पछि शुक्रवार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बैठक बोलाईएको छ । बैठकमा उपत्यकाभित्र बढ्दै गएको संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल हुने बताईएको छ ।

उपत्यकाको सिमा नाकाहरुमा कडाई गर्न नसक्दा उपत्यकामा संक्रमण बढेको चर्चा चलिरहँदा प्रमुख जिल्ला अधिकारीहरु सहित सुरक्षा निकायमो बैठक डाकिएको हो ।

काठमाडौ महानगरपालिाकाका मेयर बिद्यासुन्दर शाक्यले यस अघि नै पीसीआरमा खर्च गर्नु भन्दा नाकामा कडाई गर्न भनिसकेका छन् । उनको यो भनाईले पनि गृह प्रशासन मातहतका निकाय उपत्यकाको सिमानाकामा कडाई गर्न असफल रहेको पुष्टि हुन्छ ।

पछिल्लो तथ्याँक अनुसार भक्तपुरको साँगा भञ्ज्याङ नाका र काठमाडौंको नागढुंगा हुँदै उपत्यका प्रवेश गर्ने व्यक्तिमा कोरोनाको संक्रमण बढी देखिएको छ।

गृह प्रशासनले बिना पासको ब्यक्ति वा सवारीलाई उपत्यका छिर्न नदिने नीति बनाएपनि नाकाबाट प्रहरी उच्च अधिकारीको भनसुनमा, मन्त्रीका सोर्समा, दलका पहुँचवाला नेताको सिफारीसमा र कतिपय अवस्थामा स्थानीय प्रशासनको नक्कली पास बनाएर उपत्यका छिराउने काम भईरहेको छ ।

पहुंचका आधारमा आदेश बमोजिम नाकाबाट उपत्यका प्रवेश गराउने काम भईरहेको नाकामा रहेका प्रहरीले नाम नबताउने शर्तमा बताए । उपत्यका प्रवेशमा लागि गएका सयौं गाडीहरु मध्य फिर्ता पठाइृएको बिरलै घटनाहरु सार्वजानिक भएका छन् । एक आढ घण्टा नागढुङ्गामा कुरेपछि कुनै न कुनै स्रोतबाट उपत्यका छिर्ने वाताबरण बन्ने गरेको छ ।

गृह मन्त्रालयले बुधवार सुचना जारी गर्दै २ सय भन्दा बढी संक्रमित देखिएको जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय अनुसार काठमाडौं उपत्यकाभित्र बिहिवारदेखि जोरोबिजोर अनुसार सवारी संचालनमा छन्।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ०५ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही