४ पुस २०८२, शुक्रबार | December 20, 2025

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान



काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको छ ।
सन् २०२४ को विश्वकप क्रिकेटका लागि छनोटमा पारेका विद्यार्थीहरुलाई कलेजले बिहिबार एक समारोहका बीच सम्मान र शुभकामना प्रदान गरेको हो।

फिनिक्स कलेजमा बिबिए अध्यनरत कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सन्दिप जोरा र प्रतिश जिशी विश्वकपमा नेपालको राष्ट्रिय टिमबाट खेल्नेछन्।

सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै कलेजका कार्यकारी अध्यक्ष भरत गिरीले प्रतिभाशाली विद्यार्थीहरूले विश्वमञ्चमा आफ्नो सीप प्रदर्शन गरेको देख्न पाउनुले समग्र कलेज परिवार गौरवान्वित भएको बताए।

उनले खेलाडीहरूलाई साहसका साथ खेल भावनालाई कायम राख्दै उत्कृष्ट प्रदर्शन गरी समग्र राष्ट्रलाई गौरवान्वित गर्न शुभकामना दिए।

अध्यक्ष गिरीले कलेजले विद्यार्थीहरुलाई पढाई सँगै खेलकुदका क्रियाकलापमा पनि अग्रसर गर्नुपर्ने बताउँदै  कलेजले योग्य विद्यार्थीहरुलाई खेल छात्रवृत्ती प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको