१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सुन किन्न जाँदै हुनुहुन्छ ? ढल्नुहोला मुल्य सुनेर !; एक तोला सुनको मूल्य एक लाख ३ हजार ४०० रुपैयाँ



काठमाडौं । कोरोना भाइरसको हामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा शुक्रबार पनि अप्रत्याशित रूपमा बढेको छ ।

बिहीबार प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा मा कारोबार भएको सुनमा शुक्रबार एक हजार १०० ले वृद्धि भएको छ ।

बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख तीन हजार रुपैयाँ निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । एक तोला चाँदीको मूल्य शुक्रबार एक हजार ४०५ निर्धारण भएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१ दशमलव ५१ र सोही परिमाणको चाँदीको मूल्य २८ दशमलव ४९ अमेरिकी डलर कायम भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : १२ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई