५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

बढ्यो बाँकेमा साइबर अपराध



नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो । सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुव्र्यहार, अनावश्यक फोटो राखी चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धीका ठाडो उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, हवाट्सएप, भाइबर, इमो र फोनमा विभिन्न किसिमका कुराकानी तथा अनावश्यक सामग्री पोष्ट गर्ने जस्ता घटनाको उजुरी प्रहरीमा आउने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराधसम्बन्धी ९८ वटा उजुरी दर्ता भएको छ ।

गत आर्थिक वर्ष ४० वटा उजुरी परेको थियो । यो वर्षदेखि प्रहरी कार्यालयले साइबर अपराधसम्बन्धी छुट्टै शाखा स्थापना गरेर व्यवस्थित रुपमा काम गर्न थालेपछि उजुरी बढेको हो । प्रहरीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गरेकोसम्बन्धी ८० वटा गरेर ९८ वटा उजुरी चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

आर्थिक लाभसम्बन्धी पाँच वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी दुई वटा उजुरी जिल्लामै फछर्यौट गरिएको प्रनाउ डाँगीले बताए । आर्थिक लाभसम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भइरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाइएको छ ।

सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइएको छ । सोही कारणले चिठ्ठा, तालिम, बैंक खाताको ओटिपी माग गरी ठगी भइरहेकोबारे प्रहरीले सचेत गराउँदै आएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ९ : ४९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही