१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न



भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा भक्तपुर तेखाचोको क्वनेया गुँला बाजा सञ्चालन तथा व्यवस्थापन समिति प्रथम भएको छ । आइतबार सम्पन्न प्रतियोगितामा बुराँख्यो येँ, नरदेवीको ङत तुलाधर गुँला बाजँ खलः द्वितीय, मध्यपुरथिमिको प्रजापति गुँला बाजा तृतीय, मथिनपाको थिमि गुँला बाजा खलः र इतुंबहाः येँ, काठमाडौको २४ को केशचन्द्र गुँला बाजं खलः ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु ४० हजार, द्वितीयलाई नगद रु ३० हजार, तृतीयलाई नगद रु २५ हजार र सान्त्वना स्थान प्राप्त गरेको दुई समूहलाई रु २० हजारको दरले नगद पुरस्कार प्रदान गरिएको हो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई रु पाँच हजार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गरेको बाजा समूहलाई वाद्यवादन सामग्री पनि पुरस्कारको रुपमा प्रदान गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छे (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा भएको गुँला बाजा प्रतियोगिता एक सांस्कृतिक पर्वको रुपमा सञ्चालन भएको बताउदैं प्रतियोगिता आयोजनाले संस्कृतिकर्मी र कलाकारमा उत्साह थपेको बताए ।

उनले नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरणले देशको मौलिक संस्कृति जगेर्नामा उल्लेखनीय योगदान पुग्ने बताए । विद्यालयस्तरदेखि यस्ता सीपको प्रशिक्षण दिन सके देशको कला संस्कृति जीवन्त हुने उनको भनाइ थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १० वटा महानगरपालिका एवं नगरपालिका र चार वटा जिल्लाका गरी २६ वटा बाजा खलःले सहभागिता जनाएको जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ४६ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार