१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !



काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिना देखि कुरिरहेको बताएका हुन् ।

उनले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउदै ओलीले नेकपा फुटेको बेला आफु कतै नलागेकोले आफुलाई घाटा लागेको समेत बताए ।

आफुलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउदै आफुले नेकपा नफुटाएको जिकिर गर्दै आफु त्यति बेला कतै नलागेको स्पष्ट गरे । नेता बामदेवले ओलीकै आगाडी भने- ‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ ।’

सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउदै अहिले यस विषयमा आफुले चर्चा गर्न नचाहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ४१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा