४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रियसभामा चार समितिका सभापति निर्विरोध निर्वाचित, तीनमा नेकपा, एकमा काँग्रेसबाट निर्विरोध



काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका समितिहरुको निर्वाचन निर्विरोध सम्पन्न भएको छ ।

शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय सभाका चार वटा समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । चारै वटा सभापतिमा पुरानै अनुहार दोहोरिएका छन् ।

जसअनुसार, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट निर्वाचित भएका छन् ।

यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) र विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ निर्वाचित भएको संसद सचिवालयले जनाएको छ ।

चार समितिमध्ये दीगो विकास तथा सुशासन समिति सभापति भट्ट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद हुन। अरु तीन सभापतिहरु सत्तारुढ नेकपाका सांसदहरु हुन् ।

राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल भएका १९ जना सांसदका लागि पुनः निर्वाचन भएपछि समितिका सभापतिहरुको पनि पुनः निर्वाचन भएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको