७ कार्तिक २०८३, शनिबार | October 24, 2026

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु



काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४५ वर्षीय पुरूष र ४१ वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ११ बजे र संक्रमित पुरुषको बिहान ९ वजे मृत्यु भएको उनले बताए । उनका अनुसार सर्लाही घर भएका पुरूषको साउन १९ गते कोरोना संक्रमण देखिएको थियो भने ति पुरुषको आइसोलेसनमा राखेर उपचार भइराखेको थियो । करिब ५ महिनाअघि कुकुरले समेत टोकेको थियो ।

त्यसैगरी, सुनौली घर भएकी संक्रमित महिलाको पाठेघरको क्यान्सर समस्या उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् भने सोही क्रममा कोरोना परीक्षणका गर्दा पोजेटिभ देखिएको उनले जानकारी दिए ।

यसअघि बिहीबार कोरोना संक्रमण देखिएर उपचाररत ४५ वर्षीय पुरूषको मृत्यु भएको थियो । ती मधुमेह र रक्तचापको समस्या देखिएर स्टार अस्पतालबाट उपचारका क्रममा कोरोना संक्रमण देखिएपछि साउन १७ गते पाटन रिफर भएका थिए ।

मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ०४ बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले