७ चैत्र २०८२, शनिबार | March 21, 2026

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ



सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका छन् ।

मंगलबार सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ७ जयमङ्गल स्थित श्री गौरीशंकर माविको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका हुन् ।

श्रेष्ठले केही वर्षभित्रमै प्रदेश सरकारले अध्ययनका लागि विद्यार्थी विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । उनले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने कुराको अन्त्य गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालय स्थापना गरेको पनि बताए ।

मन्त्री श्रेष्ठले गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन हुन नसकेको बताउँदै प्रदेश सरकारले स्वरोजगारमूलक प्राविधिक शिक्षामा जोड दिने बताए । उनले शिक्षाले ज्ञान, सिप र संस्कृति राम्रोसँग सिकाउन नसक्दा सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माण गर्न नसकेको बताए ।

मन्त्री श्रेष्ठले राज्यले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत बजेट लगानी गर्न सकेमात्र जीवनोपयोगी र गुणस्तरीय शिक्षा दिन सकिने बताए । उनले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्नुपर्नेमा जोड दिदैँ त्यस प्रकारको नीति बनाउन बागमती प्रदेश सरकार लागेको उल्लेख गरे । उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गरेर शिक्षामा गुणस्तर वृद्धि गर्ने बताए । शैक्षिक गुणस्तरका लागि राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै उनले यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए ।

मन्त्री श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार अति आवश्यक भए पनि भौतिक पूर्वाधारले मात्रै शैक्षिक गुणस्तर नबढ्ने भएकाले राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो भूमिका पुरा गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिलाई स्वरोजगार बनाउन नसक्ने शिक्षा नीति परिवर्तन गर्दै लगिने जनाए।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : ५० बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको