१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

व्यापार, उर्जा र लगानीमा सहकार्य बढाउन अर्थमन्त्री डा. खतिवडाबाट बंगलादेशलाई आग्रह



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापार, उर्जा र लगानीमा सहकार्य भैरहेको बताएका छन् ।

७ वर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेका बंगलादेशका राजदूत मास्फी बिन्ते साम्ससँगको भेटमा अर्थमन्त्री खतिवडाले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन सक्ने आधार रहेको बताए ।

खतिवडाले नेपाल र बंगलादेशबीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने धारणा राखे ।

अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गरे । उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए ।

खतिवडाले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।

उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताए

बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै अर्थमन्त्री खतिवडाले नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाईरहेको जानकारी दिए ।

लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोवाइल बैंकिगंको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्नु हुदै अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न खतिवडाले आव्हान गरे ।

अर्थमन्त्रीले महामहिम राजदूतको नेपालको कार्यकाल सफल रहेकोमा खुशी व्यक्त गर्र्दै आगामी दिनमा समेत सहकार्य हुने अपेक्षा सहित सफल यात्राको शुभकामना दिए ।

भेटका अवसरमा राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका बताए ।

राजदूत साम्सले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राखे । उनले सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए ।

वातावरणीय संवेदनशीलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै राजदूत साम्सले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरेका थिए ।

अर्थमन्त्री खतिवडासँग विदाई भेट गर्न राजदूत साम्स अर्थमन्त्रालय पुगेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ०९ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी