१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नयाँ दल दर्ता प्रक्रिया नै असंवैधानिक छ, हामी अदालत जान्छौं- जसपा अध्यक्ष यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा पार्टी दर्ता प्रक्रिया असंवैधानिक रहेको बताएका छन् ।

जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गर्दै अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाए ।

उनले भने- ‘म अमेरिका जादा कार्यवाहक अध्यक्षको जिम्मेवारी नै दिएर गएको हुँ । विवाद थियो भने पार्टीमा छलफल हुनुपर्थ्यो । म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्‍यो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित थियो । पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारण पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ ।’

उनले पार्टी निर्वाचन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत ऐन विपरीत पार्टी दर्ता भएको बताए ।

उनले भने- ‘संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यसैले हामी कोटमा चुनौती दिन्छौँ ।

अध्यक्ष यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारिएको बताउदै जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी दिए । उनले नयाँ दल दर्ता प्रक्रियाको विरोधमा आफुहरु अदालत जाने समेत बताए ।

अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गरे । “सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ”, उनले भने ।

राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भने– “आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।”

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : २५ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित