२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपालमा शुक्रबार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो



काठमाण्डौं । नेपालमा शुक्रबार कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्सा ३, सिराहा र सर्लाहीका १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको २२ साउनमा भक्तपुरमा मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारत उनको मृत्यु भएको हो ।

यस्तै, वीरगञ्ज-११ का ७९ वर्षीय पुरुष र ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ७९ वर्षीय पुरुषको घरमै मृत्यु भएको थियो । स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सिराहा गोलबजारका २५ वर्षीय पुरुषको धरानको बीपी अस्पतालमा मृत्यु भएको हो । त्यस्तै सर्लाहकी ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा आजै मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : ४२ बजे

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six