४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि, तीन दिनका लागि नेपालगञ्ज उपमहानगर ‘सिल’



नेपालगन्ज । बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको पीसीआर परीक्षणमा बाँकेका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएका ३ सय १२ नमूना परीक्षणमा बाँके, बर्दिया र रुकुमका ५१ जनरुमा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यस्तै बर्दिया र रुकुमका एकएक जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै बाँकेमा निषेधाज्ञा मंगलबार राति १२ बजेसम्मका लागि थप गरिएको छ । यसअघि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिए पनि संक्रमितको संख्या बढेपछि मंगलबार रातिसम्मका लागि थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाको चारै किल्ला सिल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्रका रुपमा नेपालगञ्जलाई भोली शनिवारदेखि सिल गर्न लागेको हो ।

शुक्रवार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले साउन २४ गते राती १२ बजेदेखि श्रावण २७ गते राती १२ बजेसम्मकालागि नेपालगञ्जका उपमहानगरका चारै किल्ला सिल गर्ने निर्णय गरेको हो ।

सो अवधिमा नेपालगञ्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबाहन र दमकलबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाईएको छ । साथै हिँडडुल तथा ब्यवसाय सञ्चालनमा समेत पूर्णतयः निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्णरुपमा शील गर्न लागिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको