२७ बैशाख २०८३, आइतबार | May 10, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणको काम तिब्र : स्थलगत निरीक्षणमा पुगे पूर्व मुख्यमन्त्री



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे बुझ्न लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । भवन निर्माणको काममा हालसम्म भएका प्रगति र अवस्था बारे जानकारी लिन स्थलगत निरीक्षणमा पुगेका गिरीले कामलाई थप तिब्रता दिएर समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणका लागि आफूहरु तयार रहेको बताउँदै उनले प्रदेशको गौरवको अयोजनाका रुपमा रहेको योजनलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले निर्माण स्थलमा भएका प्रगती तथा अस्पालको स्वास्थ्य सेवा बारे जानकारी गराएका थिए । स्वास्थ्य सेवालाई असर नपर्ने गरी आवश्यक तारबार तथा ध्वनी र वायु प्रदुषण कमभन्दा कम हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको बताए ।

१२ तले अत्याधुनिक भवन निर्माणका लागि पूरानो संरचना हटाउने काम सकेर सिट पाइलिङको काम भैरहेको निर्माण कम्पनीका इन्जिनीयर गोपेश निरौलाले जानकारी गराए । दिन र रातको समयमा समेत काम भैरहेको बताउँदै उनले दैनिक १० वटासम्म पाइलिको काम भएको जानकारी गराए । संरचना निर्माणका लागि ६ सय बढी पाइलिङ गर्नुपर्ने बताइएको छ । ७५ जना जनशक्तिबाट तिब्रताकासाथ काम भैरहेको बताउँदे उनले वर्खाअघि नै पाइलिङको काम सम्पन्न गरी असारपछि एक्साभेशन फाउण्डेशन (भवन निर्माणका लागि मूल जग खन्ने) काम सुरु हुने बताए । यस अन्तरगत डबल बेसमेन्ट (जमिन मुनि बनाइने दुई तला) सहितको मुख्य भवनका लागि ६ हजार ७ सय स्क्वायर मिटर फाउण्डेशन खनेर तयार पारिने उनले बताए । यस्तै अर्को भवन अन्कोलजी ब्लकका लागि १७ सय स्क्वायर मिटर फाउण्डेशन खनेर तयार पारिने उनले बताए । यो भवनमा भने सिङ्गल बेसमेन्ट मात्रै रहने डिजाइन रहेको निरौलाले जानकारी दिए । दुबै भवनका लागि बेस फाउण्डेशन (हात्तिपाइले जस्तै जगमा ढलाई गर्ने काम) सुरु गर्ने समयमा जनशक्ति दोब्बरले वृद्धि गरी कामलाई थप तिब्रता दिने तयारीमा रहेको निरौलाले बताए ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अस्पतालको भवन निर्माण अघि बढेको हो । आयोजना साइड ईन्जिनीयर रमेश शर्माका अनुसा २ तला अन्डरग्राउण्ड (जमिनमूनि) हुने भएकाले कम्तिमा साढे ७ मिटर गहिरो जग खन्ने काम हुने छ । उक्त क्रममा पूरानो संरचना र वरीपरिका जमिनमा असर हुन नदिनका लागि २ वटा मेशिन ल्याएर ७ देखि १३ मिटरसम्म गहिरो पाइलिङको काम भैरहेको छ ।

एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ ।

अस्पतालको डिपिआर अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।

क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ५९ बजे

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ