२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडदै



बुटवल । बुटवलमा जारी अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडने भएका छन । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरेको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडने भएका हुन ।

शुक्रबार भएको खेलमा बुटवल र तिलोत्तमाले जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो ।

बुटवल उपमहानगरले सुद्धोधन गाउँपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उसले २५-६, २५-१३ र २५-१२ को सोझो सेटमा जित दर्ता गरेको हो । यसैगरी तिलोत्तमा नगरपालिकाले गैडहवा गाउँपालिकालाई ३-० कै सोझो सेटमा जित दर्ता गर्दै फाइनल प्रवेश गरेको छ । उसले २५-८, २५-१३ र २५-१० को सहज जित हात पारेको हो ।

प्रतियोगिता अन्तरगत भोलि शनीबार सुद्धोधन र गैडहवा बीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ भने बुटवल र तिलोत्तमा उपाधि विजेताका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्ने कार्यक्रम संयोजक शेरजंग गुरुङ्गले जानकारी दिए । यसैगरी विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको थियो । देवदह नगरपालिकाले टिम सहभागी गराउने प्रतिवद्दता जनाएपनी अन्तिम समयमा खेलाडी सहभागी नगराएको रेफ्री संम्याेजक बुद्दी बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : १५ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य