२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी



बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र संचारकर्मी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमी ४-३ गोलले विजयी भएको छ । खेलको पहिलो मिनेटमा संचारकर्मीका तर्फबाट विष्णु घिमिरेले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए तर यो धेरै बेर टिक्न सकेन । एकेडेमीका डा सुशिल खनालले पेलाल्टी शुटमार्फत गोल फर्काए ।

संचारकर्मीको तर्फबाट दिनेश कुमार श्रेष्ठले अर्को गोल गर्दै फेरि अग्रता दिलाए पनि फेरी एकेडेमीका डा. सुशील खनाल ब्यक्तिगत दोस्रो बराबरी गोल गरे ।

खेलको दोस्रो हाफमा संचारकर्मीबाट स्वस्तिक श्रेष्ठले गोल गर्दै खेलमा पुन अग्रता दिलाए भने एकेडेमीका संग्राम मल्लले फेरि बराबरी गोल गरे । खेलको अन्तिम समयमा डा. शक्ति बस्नेत एकेडेमीका लागि निर्णायक गोल गरे । एकेडेमीका क्याप्टन ध्रुव आचार्यले पेनाल्टी मिस गरे भने धेरै अवसरलाई गोल गर्नबाट चुके ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । स्वास्थ्यका लागि खेलको महत्व प्रकाश पार्दै बुटवलमा खेल गतिविधिसंगै खेल हबका रुपमा पहिचान बनाउन सफल भएको उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : १७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य