१० बैशाख २०८३, बिहिबार | April 23, 2026

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १४० रन मात्र बनाएको थियो । यस अघि बैंगलुरुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । अब बैंगलुरुले आफ्नो अन्तिम खेल आगामी शनिबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

त्यसैगरी दिल्ली क्यापिटल्सको भने यो हारपछि प्लेअफको सम्भावना मुश्किल बनेको छ । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । अब दिल्लीले आफ्नो अन्तिम खेल मंगलबार लखनउसँग खेल्ने छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ५५ बजे

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु