१९ असार २०८३, शुक्रबार | July 4, 2026

डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोल्टी युनाइटेडलाई



बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा भएको ‘डिके तामाङ मेमोरिएल सभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि सोल्टी युनाइटेडले हात पारेको छ ।

उपाधिसँगै सोल्टीले नगद २० हजार पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा देवीनगर युथ क्लब डिवाईसी उपविजेता बन्दै रु १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलको आयोजनामा भएको प्रतियोगितामा एसईई दिएर बसेका विद्यार्थीहरुको १६ वटा समूहको सहभागिता रहेको थियो ।

यस्तै सोल्टी युनाइटेडकै शिव खनाल उत्कृष्ट खेलाडी बन्दै रु ५००० हजार प्राप्त गरेका छन् भने सर्वाधिक गोलकर्ता बन्दै शिवले नै रु २५०० प्राप्त गरेका छन् । नेपाल एथलेटिक्स एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष मोहन घलेले उत्कृष्ट खेलाडीको पुरस्कार प्रायोजन गरेका थिए ।

प्रतियोगितामा राइजिङ ११ का अंकित भण्डारी पनि सर्वाधिक गोलकर्ता बन्दै रु २५०० प्राप्त गरेका छन् । सो पुरस्कार विद्यालयका भूपू विद्यार्थी पुरभ सोमरेले प्रायोजन गरेका थिए । त्यस्तै सोल्टी युनाइटेडकै दिशान्त दर्लामी उत्कृष्ट किपर बनेका छन् । प्रतियोगितामा मायाको चिनो , किपर ग्लोब्स भूपू विद्यार्थी विशाल थापाले प्रायोजन गरेका थिए ।

तत्कालिन सञ्चालक समिति सदस्य तामाङको स्मृतिमा एसईई दिएर बसेका विद्यार्थीहरुबीच फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सिद्धार्थ बोर्डिङका प्रवन्ध निर्देशक बाबुराम खनाल, प्राचार्य यमबहादुर राना, सह प्राचार्य रमेश प्रसाद बस्याल, सञ्चालक समिति सदस्य टुकबहादुर क्षेत्री, स्वर्गीय डिके तामाङकी श्रीमती निर्मला गुरुङ लगायतले पुरस्कार प्रदान गरेको विद्यालयका खेलकूद संयोजक मेघराज भट्टराईले बताए ।

प्रतियोगितामा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाहरुबाट १६ वटा समूहको सहभागिता रहेको कार्यक्रम संयोजक निर्मल थापाले जानकारी दिए । विद्यार्थीले एसईई परीक्षामा पाउने प्रवेशपत्रलाई आधार मानी छनौट भएका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

सिद्धार्थ बोर्डिङले हरेक वर्ष तामाङको स्मृतिमा प्रतियोगिताहरु गर्दै आएको छ । यस वर्ष एसईई लिएर बसेका विद्यार्थीलाई जोड्ने गरी फुटबल प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । यस विद्यालयबाट यस वर्ष १३३ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ८ : ०९ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०