१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सीमा नाका शिल भएका बेला बिदा/काज नलिई बाँकेका प्रजिअले एकाएक जिल्ला छाडे



नेपालगन्ज । सरुवा भएर आएकै दिनबाट फेसबुकमा छाएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जाने बेलामा भने सुटुक्क बाँके छाडेका छन् । झण्डै एक साता देखि बाँके छाडेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्ला प्रशासन कार्यालयको फेसबुक एकाण्ट भने लगातार चलाएका छन् ।

बिदा र काज स्वीकृत नगराई बाँके छाडेका उनले छाडेको एकसाता पछि गृह मन्त्रालयको जिम्मेवारी छाडेको जिल्ला प्रशासनकै फेसबुकबाट जानकारी दिएका छन् । स्रोतका अनुसार उनले बाँके छाडेर जाँदा उनले न त बिदा स्वीकृत गराएका छन्, न त काज नै लिएका छन् । एकाएक काठमाडौं पुगेका उनले मन्त्रालय पुगेर गृह मन्त्रालयबाट अन्यत्र सारिदिन आग्रह गरेको स्रोतको दाबी छ ।

यता गृह मन्त्रालय छाडेको जानकारी गराउँदै उनले आफ्नो कार्यकालमा गरेको २८ बुँदे सफलताका कथाहरुलाई सहित फेसबुकमा हालेको सामाग्री, पोष्ट गरेको २ घण्टामा हटेको छ । उनले पछि हटाइएको सामाजिक सञ्जालमा स्वेच्किरुपमा गृह मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णयका साथ प्रक्रिया सुरु गरेको जनाएका थिए । ‘यहाँहरुको सहयोग र सदभावका लागि आभारी छु, कृतज्ञ छु, मैले मेरो कार्यकाललाई यसरी सम्झन्छु, भुल भएको भए क्षमा प्रार्थि छु ।’ जिल्ला प्रशासन बाँकेको आधिकारीक फेसबुकमा उनले लेखेका थिए ।

बाँकेमा सामाजिक सदभाव खलबलिएका बेला बाँके पठाईएका प्रहरी प्रमुख सुवासचन्द्र बोहरा मिडीयाकर्मीसँग द्वन्द्व चर्काएर बाँके छाडेको महिना दिन नबित्दै प्रमुख जिल्ला अधिकारी पोखरेल पनि एकाएक बाँके छाड्नुलाई रहश्यकासाथ हेरिएको छ ।

प्रजिअ पोखरेलले कर्फ्यु र सेना परिचालनको अवस्थामा आएको आफुले शान्ति सुरक्षा बहाल गराएको दाबी गरेका छन् । उनले बिचौलिया रहित सेवा दिएको, एकै दिनमा कार्य सम्पन्नको व्यवस्था गरेको, सहायक प्रजिअलाई पूर्ण अधिकार दिएको, प्रशासनमा आएका मुद्दाको ९४ प्रतिशत फर्श्र्योत भएको, कैदी बन्दीको सुबिधामा सोझै पहुँच प्रदान गरिएको जस्ता दाबी गरेका छन् ।

पोखरेलले ४० हेक्टर बनको अतिक्रमण हटाइएको, सरकारी भवनको अतिक्रमण हटाइएको, बजार अनुगमनलाई तिब्र पारिएको, एसईईमा चिट चोराउने गिरोहलाई कानुनी कारवाही गरिएको, पेशेवर ३८ जना तस्कर बिरुद्ध मुद्दा चलाईएको लगायतको दाबी पनि गरेका छन् ।

आफुलाई खुल्ला किताव भन्न रुचाउने उनले बाँके छाड्नुको कारण भने सञ्जालमा लेखेका छैनन् । बाँके छाड्नुको कारण बारे बुझ्न सामाजिक सञ्जालमा सम्पर्क गर्दा उनले मेसेन्जर कल काटे । गृहमन्त्रालयले निकट भविश्यमा ५१ जना प्रजिअको सरुवा निकाल्ने तयारी गरेको र अनुकुल वातावरण बनाउन पोखेरल काठमाडौं पुगेको उनी निकट स्रोतको दाबी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : १४ बजे

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक