२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ जनाको मृत्यु



एजेन्सी । भारतको केरला कोझिकोड विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको ज्यान गएको छ ।

चालक दलका अरु चार सदस्य भने जीवित रहन सफल भएका छन् ।

दुबईबाट केरला आएको विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । विमानमा यात्रु मध्ये १० बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएका १६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको भारतको नागरिक उड्डयन मन्त्रालयले उल्लेख गरेको छ ।

विमानमा रोजगारी तथा घुम्नका लागि दुबई गएर कोरोना भाइरसको महामारीका कारण उतै रोकिएका यात्रु थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार यात्रु मध्ये २६ जनाको रोजगारी गुमेको तथा २८ जनाको भिसा अवधि सकिएको थियो । सोही कारण उनीहरु भारत फर्किएका थिए ।

यस्तै ५४ जना घुम्न गएर महामारीका कारण उतै फसेकाहरु थिए भने स्वास्थ्य अवस्थाका कारण फर्किएका ६ तथा विवाहका लागि फर्किएका तीनजना थिए ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर ४१ मिनेटमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । रनवेबाट बाहिर गएको विमान दुई टुक्रा भए पनि आगो लागेको थिएन ।

दुर्घटनाको छानबिनका लागि दुईवटा समिति बनाइएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : १३ बजे

जनयुद्धमा बम पड्काएर ध्वस्त पारिएको २० वर्षपछि खजुरा प्रहरीले पायो नयाँ भवन

खजुरा । जनयुद्धका क्रममा बम विस्फोटबाट ध्वस्त भएको बाँकेको खजुरा

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

काठमाडौं । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने

जेठ १ गतेदेखि काठमाडौं महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौं । स्वास्थ्य बिमा गराएका, काठमाडौं महानगरपालिकाभित्रका १ लाख बिमितको

प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ