२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो चरणको निर्माणको शिलान्यास भएको छ । मंगलबार तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सडक खण्ड अन्तर्गत दोस्रो चरणको निर्माण प्रक्रियाको शिलान्यास गरेका हुन ।

शिलान्यास गरेसंगै सडकको निर्माण प्रक्रिया झन् तिव्र बन्नेमा नगरप्रमुख खाण आशावादी भएका छन । यस्तो खालको सडक नगरपालिकाले एक्लै बनाउन नसक्ने भन्दै एडीबीको सहयोगमा नेपालमै यो ठुलो सहयोग रहेकोले सडक निर्माणलाई उत्सवको रुपमा हेर्दै सबैको सहयोग अपरिहार्य रहेको बताए ।

नगरप्रमुख खाणले आयोजना समयमै सक्न र सडक निर्माण चरण पुरा गर्न स्थानियबासीसंगै जनप्रतिनिधि, प्राविधिक र कर्मचारी सबैको सहयोग आवश्यक रहेकोले सबैलाई सहयोगी भूमिका खेल्न आग्रह गरे ।

मंगलापुर(कान्छीबजार सडक खण्ड अन्तर्गत मंगलापुर चोकदेखि पुर्वतर्फ करिब ६.८४ किलोमिटर सडक बेवरा कान्छीबजार सडक निर्माण कार्य सुरु हुने तिलोत्तमा नगरपालिका योजना शाखाका प्रमुख इन्जिनियर प्रदिप वनले बताए ।

हाल त्यस खण्डको सो सडक केन्द्रदेखि दुवै किनारातर्फ ४-४ मिटर छ । अब सडकलाई बिस्तार गरी केन्द्रदेखि दुवै किनारातर्फ १३-१३ मिटर बनाउने योजना छ । लामो समयअघि संचालन गरिएको बेवरा कान्छिबजार सडक जनसंख्या र सवारी साधनको वृद्धिपछि बिस्तार आवश्यक परेको हो ।

पहिलोपटक १ वर्षअघि एडीबीको सहयोगमा मंगलापुर कान्छीबजार सडक बिस्तार आयोजना सुरु गरिएको थियो । पहिलो चरणमा मंगलापुरदेखि बेवरासम्मको निर्माण कार्य तिव्र रुपमा भैरहेको छ भने बेवरादेखि कन्छिबजार सडक निर्माण दोस्रो चरणमार्फत निर्माण गरिने नगरपालिकाका योजना शाखा प्रमुख प्रदिप बनले बताए ।

करिब १ वर्ष ३ महिनामा सम्पन्न गर्ने गरी निर्माण थालिएको दोस्रो चरणको बेवरा कान्छीबजार सडक बिस्तारमा १६ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । बेवरामा वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेको अध्यक्षतामा गरिएको शिलान्यास कार्यक्रममा निर्माण ठेक्का कम्पनी आशिष आशीर्वाद निर्माण सेवा, मकवानपुरका प्रतिनिधि, एडीबीका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीयबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ६ : २२ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र