६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी



काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । नेपाल प्रहरीले हालै गरेको अनुसन्धानमा ती गिरोहले दुबई र कुवेतका कार्यालयमा एजेन्ट राखेर नेपालीहरुलाई भिजिट भिसामा दुबई पु¥याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाइ कुवेत पु¥याएर बेचबिखन गर्ने गरेको पाइएको हो ।

आरोपीहरु राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारका नाममा जन्ममिति र ठेगाना फरक बनाई दुई वटा नागरिकता लिएर मानव तस्करी गर्ने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

उनीसहितका गिरोहले महिलालाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पु¥याउने र बेचबिखन गर्ने गरेको खुल्न आएको उनले बताए । महिलालाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई हुँदै कुवेत पु¥याएर घरेलु कामदारका रुपमा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडितका एक आफन्तले कार्यालयमा दिएको निवेदनका आधारमा कुवेतस्थित नेपाली राजदूतावासमार्फत एक पीडित महिलाको यही वैशाख २७ गते उद्धार गरेको थियो । प्रारम्भिक चरणको अनुसन्धानपछि आज प्रहरीले घटनाबारे सार्वजनिक गरेको हो ।

उक्त घटनामा नेपाल सरकारबाट निषेधित गरिएको क्षेत्रमा समेत महिलालाई लगी अलपत्र पारी बन्धक बनाउने व्यक्तिउपर अनुसन्धान गर्दा मानव तस्करीसमेतका कार्यमा संलग्न रहेको खुलेपछि गत वैशाख ३१ गते दुई जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको बौद्ध बस्ने राकेश सुनार भन्ने २४ वर्षका गोपाल सुनार र गोरखा घर भई काठमाडौँ बस्ने आयुस भन्ने आकाशबाबु विक छन् । पीडितले स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र रु एक लाख ५० हजार माग्नुका साथै ज्यान लिने धम्की दिएको खुुल्न आएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : ४१ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा