१३ श्रावण २०८३, बुधबार | July 29, 2026

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)



तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय नाबालकको मृत्यु भएको छ।

नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटना हुँदा एक जना नाबालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पा निस्दी ४ का राजिव सुनारी रहेका छन् । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा जिल्ला पाल्पा निस्दी ४ बस्ने वर्ष २० को तेजन सोमई, (अवस्था सीरीयस), सोही स्थानका वर्ष २७ की धामिसरा सुनारी (अवस्था सिरीयस), बर्ष २८ की कुसुम सारु थापा (अवस्था सीरीयस) र बर्ष ७४ की माया ख‌ड्का, (अबस्था मध्यम) रहेका छन् ।

त्यसैगरि अन्य घाइतेमा सोही स्थानका गाडी चालक बर्ष २८ को नुरेस खाम्चा, बर्ष २४ की ईसानी गाहाको छोरी बर्ष १ की सहिरा गाहा, बर्ष ४० की गरीमा मश्रा‌ङ्गी, बर्ष २० की हिरा खड्‌का, बर्ष ४३ की बनि सुनारी, बस्ने वर्ष ३१ को सुर बहादुर सोमई, कुसुम सारु थापाको छोरी बर्ष २.५ की मनिका सारु, बर्ष १७ की हेमसरी घर्ती र बर्ष ६६ को खुम बहादुर सोती रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन्। घाईतेहरुको नवलपुरको मध्यबिन्दुका अस्पतालहरुमा उपचार भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ११ : २५ बजे

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

देशभर मनसुनी प्रभाव कायम, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।