१६ बैशाख २०८१, आइतबार | April 29, 2024

सुन व्यवसायीको जर्तीका नाममा ठगी धन्दा, सरकारसँग नियमन गर्ने सुन नीति नै छैन



काठमाडौं। तपाईँ सुन बेच्न सुन पसल जाँदै हुनुहुन्छ ? वा तपाई सुन किन्न सुन पसल जाँदै हुनुहुन्छ ? एक पटक सुन खरिदबिक्रिको नियम बुझेर मात्र जानुहोला । किनकी सुन पसलले सिधै तपाईलाई ठग्न सक्छ । यतीबेला सुनको भाउ तोलाको एक लाख नाघेर माथि पुगेको छ । सुनको भाउ महङ्गो भएको मौका छोपेर सुन बेच्नेहरु पनि समाजमा देखिएका छन् । तर सुन पसलेहरुले मौकामा चौका हान्दै उपभोक्तालाई सिधै ठगिरहेका छन् ।

सुनको मुल्य बढेसँगै बिक्रि नभएर निराश भएका व्यवसायीले पुरानो गहना बेच्न ल्याउनेलाई खुलम्खुल्ला ठगी गर्दै ब्यापार नहुँदाको फाईदा उठाएका छन् ।

तोकिएको मापदण्ड बिपरित ब्यवसायीले कतै जर्ती त कतै रसायनका नाममा उपभोक्ता माथि ठगी गर्दा पनि नियमन गर्ने निकाय मौन बसिरहेको छ । खुल्लेआम ठगी भईरहेको महिनौ हुँदा पनि वाणिज्य विभाग, सुनचाँदी व्यवसायीका संगठन तथा उपभोक्ता संरक्षणका जिम्मा लिएका सरकारी संस्थाहरुले साँधेको मौनताले ठगी गर्नेहरुले प्रश्रय पाईरहेका छन् ।

कसरी हुन्छ ठगी ?

केहि वर्ष अघि सम्म सुन खरिद बिक्रि हुँदा जर्ती वा रसायनका नाममा २ देखि ३ प्रतिशत खर्च जोडिने गरेको थियो । तर अघिल्लो वर्षदेखि राज्यको अनुमति बेगर सुनचाँदी ब्यवसायी महासंघले एकलौटी रसायन खर्च बढाएर ५ प्रतिशत पु¥याएको थियो । महासंघले रसायन खर्च ५ प्रतिशत भनेपनि बजारमा सुन ब्यवसायीले भने ६ दशमलब ५ प्रतिशत देखि १० प्रतिशत सम्म जर्ती वा रसायन खर्च जोडेर उपभोक्तालाई ठगी गरिरहेका छन् ।

सुनमा हुने ठगीका बिषयमा जानकार नभएकै कारण अहिले सम्म सुनमा ठगी भएको उजुरी नपरेको बाणिज्य बिभागले जनाएको छ । उजुरी नपरेकै कारण बजारमा एक्सन लिन आवश्यक नभएको बिभागको तर्क छ । सुन सम्बन्धि नाप तौलमा बिबाद भएमा कारवाहि गर्ने नीति बिभागले बनाए पनि रसायन र जर्तीको नीति बिभागमा नभएको बिभागका सुचना अधिकारी संजिव कुमार ठाकुरले बताए । बाणिज्य बिभागले केहि वर्ष पहिले रसायन बिषयमा छलफल चलाए पनि नीति नै बनाएको बिषयमा आफुलाई जानकारी नभएको उनले बताए ।

उपभोक्ता संरक्षण विभागका अनुसार सुन खरिद गर्दा व्यवसायीले ० दशमलब ५ प्रतिशत रसायन खर्चको रूपमा काट्न सक्छन् । ० दशमलब ५ प्रतिशत रसायन काट्नु नियमसंगत नै मानिन्छ ।

अधिकांस सुन उपभोक्ताहरुलाई सुनको रसयायन खर्चका बिषयमा जानकारी नै राख्ने गरेका छैनन् । केहि सचेत सुनका उपभोक्ताले भने व्यवसायीले खरिद गर्दा रसायन खर्चमा ठगी गरिरहेको गुनासो गर्न थालेका छन् । उनीहरुलाई ब्यवसायीहरुले गहना पगाल्दा, जोड्दा र डिजाईन गर्दा रसायन लाग्ने र सुन खेर जाने भन्दै चर्को रसायन खर्च जोड्ने गरेका छन् ।

सुनचाँदी ब्यवसायी महासंघले ५ प्रतिशतसम्म लिएर कारोबार गर्न नियम नै बनाइएको भन्दै त्यस भन्दा बढी लिने गलत हुने बताएपनि महासंघ अन्तर्गतकै ब्यवसायीहरुले महासंघको निर्णय पालना गरेका छैनन् । महासंघले सुनको प्रोसेसिङ, रिफाइन्डिङ गर्दा ५ प्रतिशत लागत लाग्ने ठहर गरेको छ ।

सुनको खरिद बिक्रि सम्बन्धि काम नेपाल राष्ट्र बैंकले गर्ने भएकाले पसल दर्ता गर्ने बाहेक बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागसँग ठोस नीति नभएको बिभागका निर्देशक सागर मिश्रले बताए ।

सुनको कारोबार गर्दा कति रसायन खर्च कटाउने भनेर नापतौल गुणस्तर विभागले अहिले सम्म ताकेको छैन । बिभागले नतोकेकै कारण बजार अनुगमन हुन नसकेको नापतौल बिभागका एक कर्मचारीले बताए ।

जर्तीका बिषयमा प्रश्न गर्दा सुनचाँदी ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष मान बहादुर बिश्वकर्मा एकपटक मोबाईल उठाएर पसलमा ग्राहक रहेकाले पछि कुरा गर्छु भनेर पन्छिएका फेरी मोबाईल उठाउँदैनन् । सुनचाँदी ब्यवसायी महासंघले दैनिक सुनको मुल्य निर्धारण गरेपनि उपत्यका बाहिरका ब्यवसायीले भने निधारित मुल्य भन्दा ५०० देखि हजार रुपैयाँ सम्म बढी लिने गरेका छन् ।

रसायन सम्पन्धमा महासंघले नीति बनाएर सरकारलाई पठाएको बर्षौं हुँदा पनि सरकारले सुन सम्बन्धि नीति नबनाएको सुनचाँदी ब्यवसायी संघ म्याग्दीका पूर्व अध्यक्ष जिवन बिश्वकर्माले बताए ।

महासंघले निर्धारण गरेको पछिल्लो मुल्य अनुसार छापावाल सुनको मुल्य १ लाख ३ हजार ५०० रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : ०८ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क