१८ माघ २०८२, आइतबार | February 2, 2026

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन गरेका छन् । बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा चासो दिने बताएका छन् ।

लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँकेमा छाडा चौपायाको समस्या बढी भएको भन्दै उनले बुटवलले आफ्नै बलबुतामा छाडा चौपाया व्यवस्थापन थालेकोमा खुशी प्रकट गरे ।

‘मुख्य समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनमा बुटवलले आफै जे जसरी अगाडि सर्‍यो यो एकदमै राम्रो कुरा हो, उनले भने-बुटवललाई हामीले आगामी आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारलाई सपोर्ट गर्ने गरी बजेटको व्यवस्था गर्छौं ।’

उनले स्थानीय सरकारहरुलाई प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा विशेष साथ दिने र यो समस्याको समाधान गर्ने बताए ।

मुख्यमन्त्री महरालाई गौशालाबारे जानकारी गराउँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनका चुनौती र स्थानीय सरकारलाई प्रदेश सरकारको साथ आवश्यक रहेको बताए ।

प्रमुख पाण्डेयले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेश स्तरीय गौशाला स्थापना गरेर स्थानीय सरकारहरुलाई सहभागी गराउँदा दिगो व्यवस्थापन हुने बताए ।

बुटवल उपमहानगरपालिकाले बुटवल ७ शिवनगरमा रहेको गौशालामा नगरभित्रका ५ सय भन्दा बढी छाडा गाइगोरु व्यवस्थापन गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : २८ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन