१० पुस २०८२, बिहिबार | December 25, 2025

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने



बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ-२०२४ आयोजना गर्ने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका तथा विदेश पढ्न जाने सोच भएका विद्यार्थीहरुका लागि राइटपाथले जेठ ५ गते शनिबार बुटवलमा उक्त कनक्लेभ आयोजना गरेको हो

बिहीबार पत्रकार सम्मेलन गरी बुटवल शाखाका एमडी जीडि शिखरले यहाँका बिद्यार्थीहरुलाई युके, युएसए, अष्ट्रेलिया तथा क्यानडा सम्बन्धीत विभिन्न पछिल्लो जानकारी तथा त्यहाँ रहेका उत्कृष्ट कलेज, युनिभर्सिटी तथा शैक्षिक संस्थाबारे जानकारी गराउने उद्देश्यले कनक्लेभ आयोजना गर्न लागिएको जानकारी दिए । उनले यो कार्यक्रमले विद्यार्थी तथा अभिभावकहरूमा पछिल्लो समय वैदेशिक शिक्षा सम्बन्धी रहेका विभिन्न जिज्ञासा समाधान गर्न सहयोग मिल्ने धारणा व्यक्त गरे ।

एमडी शिखरका अनुसार कनक्लेभमा ४ वटा देशका ख्यातिप्राप्त विभिन्न विश्वविद्यालयका २० भन्दा बढी प्रतिनिधिहरु आउँदैछन् । सहभागी विद्यार्थीहरुले ती प्रतिनिधिहरुसँग पत्यक्ष रुपमा भेटेर आफ्ना बिभिन्न प्रश्न, जिज्ञासा मेटाउन र आफ्नो करियर अघि बढाउन सक्नेछन् ।

‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नुहुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्याउँछ ।’, एमडी शिखरले भने । उनले विद्यार्थीहरुलाई परिक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परिक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन् ।

बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालनमा हुने कनक्लेभमा एक हजार बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरीएको उनले बताए । ग्राण्ड एजुकेसन कनक्लेभमा सहभागी हुने विद्यार्थीहरुलाई एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरुको पनि व्यवस्था गरिएको छ । त्यस्तै, स्कलरसीप अफरदेखि जेठ ८ गतेसम्म आएल्स र पीटिइ जम्मा २०८१ रुपौयाँमै गर्न सकिने व्यवस्था गरिएको छ ।

यो कार्यक्रमका लागि गायिका अन्जु पन्त र २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ पनि बुटवल आउँदैछन् । राइटपाथ करिअर काउन्सिलिङले काठमाडौं, धनकुटा र हेटौडामा कनक्लेभ सम्पन्न गरीसकेको छ भने जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कनक्लेभ आयोजना गर्दैछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : ४६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न