६ असार २०८३, शनिबार | June 20, 2026

गृहमन्त्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ



काठमाडौं । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि स्वाव परीक्षण गरिएको हो ।

गत साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी भएका थिए । त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उनको ‘क्लोज कन्ट्याक’मा रहनुभएका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो ।

परीक्षणमा गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको भट्टाराईले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीसहित उक्त कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिको परीक्षण रिपोर्टसमेत नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ५२ बजे

उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान

लुम्बिनीमा योगाभ्यास

लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन प्रतिनिधि चार हजार

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा

पानीको धारा, मुहान सफा गरेर मनाइयो सिथि नखः पर्व

काठमाडौं । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार