२१ बैशाख २०८३, सोमबार | May 4, 2026

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल



नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके खण्डका नाकाहरु सिल गरेको छ । भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै स्थानीय प्रशासनले बाँके स्थित नेपाल भारत सीमानाका सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै आज राती १०ः३० बजेबाट जेठ ७ गते साँझ ५ बजे सम्म सीमानाका सिल गरिएको जनाएको छ । भारत उत्तर प्रदेशको बहराईच जिल्लामा जारी लोकसभा निर्वाचन अन्तर्गत जेठ ७ गते हुने निर्वाचन शान्तिपूर्ण संचालनका लागि भन्दै सीमाना नाका सिल गरिएको सूचनामा जनाइएको छ ।

लोकसभा निर्वाचनकै सन्दर्भमा यस अघि बाँके प्रशासनले गत बैशाख २८ गते देखि ३१ गते मध्यराती १२ बजे सम्मका लागि सीमानाका सिल गरेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ११ : १३ बजे

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा