१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु



बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता हुँदैछ ।

लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा हुने दुई दिने प्रतियोगितामा प्रदेशका १० जिल्लाबाट प्रतियोगी टिम बुटवल आउदैछन । प्रतिष्ठानका अध्यक्ष दिपु मगरले रुकुम पूर्व र अर्घाखाँची बाहेक दश जिल्लाबाट टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिए ।

हरेक जिल्लाबाट तीन जना पुरूष र तीन जना महिला सहितको टिम हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५, द्धितीयले ३३ हजार ३३३, तृतीयले २१ हजार १११ र सान्त्वनाले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतिष्ठानका सचिव योगराज पोखरेलले कार्यक्रममा ७०० कलाकारको सहभागिता रहने बताए । लुम्बिनी प्रदेश खेलकूद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले दोहोरी खेल दिमाग खिवाउने खेल भएकोले खेलकूदको विधामा पनि पर्ने बताए ।

प्रतियोगितामा निर्णायक संमितिको संयोजकको जिम्मेवारीमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेमबहादुर हमाल रहेका छन् । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : १७ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार