९ श्रावण २०८३, शनिबार | July 26, 2026

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र अब देश नचल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा आज बोल्दै गृहमन्त्री लामिछानेले झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताए ।

लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरे ।

उनले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन ? भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् ।

गृहमन्त्री लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको पनि स्पष्टिकरण दिए ।

उनले गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफु सहभागी नभएको बताए । लामिछानेले आफुले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनि छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफु सो दायित्व बेहोर्न तयार रहेको बताए ।

उनले जीबी राईले गरेका सबै फोहोर आफुले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा बताए । पोखराको सुर्यदर्शन सहकारीबाट आफुले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।

उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफु सो बिषयमा विष पिउन पनि तयार रहेको बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ८ : २२ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको