११ असार २०८३, बिहिबार | June 25, 2026

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी, महामन्त्री शर्माले सभामुखलाई भने-‘रबर स्ट्याम्प’



काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् ।

प्रतिपक्षीले विरोध गरिहेको बेला संसद संचालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप लगाएका छन् ।

त्यसैगरि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सभामुख घिमिरेप्रति लक्षित गर्दै संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर संसदमा मर्यादाको चीरहरण गरेको अध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘संसदमा आज सभामुख देखिन ! देखिरहेको छु- ‘रबर स्ट्याम्प’ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  २ : १९ बजे

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी