६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा हुरीबतास र असीनापानीले विद्युत् आपूर्ति प्रभावित, ठुलो परिमाणमा कृषि उत्पादन नष्ट



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख इञ्जिनीयर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा एक सय ५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको जानकारी दिए । उनले कतिपय ठाउँमा पोल गाडेर विद्युत् आपूर्ति गरिए पनि ग्रामीण क्षेत्रमा भने अझै समस्या रहेको बताए ।

लामिछानेका अनुसार खजुरा गाउँपालिकामा ७०, नेपालगञ्जमा ४०, जानकी गाउँपालिकामा १५ र राप्तीसोनारीमा करिब २० पोल भाँचिएका छन् । त्यसबाट रु ५० लाख बराबरको क्षति भएको र विस्तृत विवरण संकलनको काम भइहरहेको छ ।

हुरीबतासले जानकी–४ मा कच्ची घर भत्केर च्यापिँदा गर्भवती २२ वर्षीया फारुन शाही र ८५ वर्षीया खटिमा शाही घाइते भएका थिए । यस्तै नेपालगन्ज–१२ निवासी ७१ वर्षीय अम्मरबहादुर खड्का र त्यसबाहेक डुडुवा तथा बुलबुलियामा रूखको हाँगा लागेर दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिकामा पनि हुरीबतासले ६० भन्दा बढी घरमा क्षति पु-याएको छ । यहाँ १५ घरमा पूर्ण, २० घरमा आंशिक र २५ घरमा सामान्य क्षति भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए।

हुरीबतासले स्थानीय किसानका लिची, आँप र तरकारीलगायत खेतीमा ठूलो नोक्सानी भएको स्थानीय प्रशासनले जनाएका छन् । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : २५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ