४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’लाई कोरोना संक्रमण



नेपालगन्ज । बाँकेमा समुदायमा देखिएको कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । उद्योगि, ब्यवसायी, कर्मचारी, कैदीबन्दी, ज्यालादारी कामदार, होटल ब्यवसायी, सुरक्षाकमी, सञ्चारकर्र्मी र स्वास्थ्कर्मी हुँदै बाँकेमा कोरोना भाइरसको संक्रमण प्रदेशसभा सदस्य सम्म पुगेको छ ।

बाँकेबाट प्रदेश ५ प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद कृष्णा केसी नमुनाले आफुलाई कोरोना संक्रमण भएको खुलासा गरेकी छिन् । जनकार्य र सामाजिक काममा क्रियाशिल भईरहँदा आफुलाई कोरोना संक्रमण भएको उनले बताएकी छिन् । उनले आफुसँग क्लोज कन्ट्याक्टमा रहेका सबैलाई क्वारेन्टिनमा बस्न र पीसीआर परीक्षण गराउन अनुरोध गरेकी छिन् ।

यस अघि बाँकेमा संक्रमित भएका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ सहित होटल ब्यवसायी, पत्रकार लगायतले आइसोलेसनमा उपचार गराईरहेका छन् ।

बाँकेमा निरन्तर संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगर क्षेत्रका अधिकांस स्थान सिल गरिएको छ भने जिल्लामा निषेधाज्ञालाई बढाईंदै लगिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको