९ श्रावण २०८३, शनिबार | July 26, 2026

कार्यदल सदस्यसहित शीर्ष नेताको बैठक बालुवाटारमा



काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुर भएको छ ।

सहकारीको रकम हिनामिना र अनियमिताताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेपछि समाधान खोज्न प्रधानमन्त्रीको पहललमा बैठक बसेको हो । बैठकमा मुख्य दलका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु सहभागी छन् ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडानसहित लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको कांग्रेस हिजोदेखि सडकमा समेत उत्रिएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियार लगायतका सहभागी छन् ।

छानबिन समिति बनाउन सबै दल सहमत भए पनि त्यसको कार्यविधिका विषयमा भने सत्तापक्ष र विपक्षी कांग्रेसबीच मतभेद छ । कांग्रेसले गृहमन्त्रीको नामै किटान हुनुपर्ने अडान राखिरहेको छ भने सत्तापक्षले गृहमन्त्रीको नाम छानबिन समितिमा राख्न नसकिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ९ : ४९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको