१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस् : राष्ट्रियसभा अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस, २०८१ को अवसरमा नेपालीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन । अध्यक्ष दाहालले आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गरेका हुन ।

“गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिकरसमावेशी शासन प्रणाली र सङ्घीयताको अभ्यास गर्नुपर्ने यतिबेला हाम्रासामु चुनौती रहेका छन्,” सन्देशमा भनिएको छ, “गणतान्त्रिक व्यवस्थामा शासन गर्ने पद्धति मात्रै नभई आम जनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनु पर्दछ, देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सके मात्रै गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।”

अध्यक्ष दाहालले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता बनेको बताएका छन ।

“गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु,” सन्देशमा भनिएको छ, “यस क्रममा बेपत्ता तथा घाइते अपाङ्ग भएकाहरूसहित गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकारलगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु ऐतिहासिक राजनीतिक परिघटना भएको र वर्षौंदेखि जरा गाडेर बसेको वंशीय परम्परामा आधारित निरङ्कुश व्यवस्थालाई हटाएर जनताबाट चुनिएर राज्यको सर्वोच्च तहमा पु(याउने गणतान्त्रिक व्यवस्था स्थापना गर्नु चानचुने परिवर्तन नभएको सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ३५ बजे

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको