२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लोकतान्त्रिक गणतन्त्रबाट मुलुकको विकास र जनताको समृद्धि हासिल गर्न सकिन्छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले उनीहरूको राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् ।

सत्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले अहिलेको शासन व्यवस्थाले सबै नागरिकलाई समानताका अवसर प्रदान गरेकाले सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास तथा जनताको समृद्धि हासिल गर्न सकिने उल्लेख गरे।

लोकतान्त्रिक आन्दोलनका लागि जीवनको बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले परिवर्तनको लाभ जनतासम्म पुर्याउन आवश्यक नीति तथा कानुनी व्यवस्थामा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष नेपालले संविधानले कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गरेको उल्लेख गर्दै समाजवादोन्मुख व्यवस्थाको परिकल्पना गरेको बताए । समृद्ध राष्ट्र निर्माणका लागि समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोडदिँदै उहाँले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य, एकता र समन्वयको खाँचो औँल्याए। राज्यका सबै तहका साथै सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको विकास गरी जनताको सामाजिक, आर्थिक रुपान्तरणका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गरे ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ९ : ०८ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ