३० असार २०८३, मंगलबार | July 14, 2026

संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, मूल्य-मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन्।

गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भनेका छन्, ‘नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो। यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो। तसर्थ, संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन।’

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले यसको रक्षा र सुदृढीकरण सबैको साझा दायित्व भएको बताए।

उनले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरीलाई सच्याउँदै राज्य सञ्चालनमा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्न आवश्यक रहेको बताए। जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उनको भनाइ छ।

सन्देशमा प्रचण्डले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्दै समावेशी तथा पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गरी उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको उल्लेख गर्दै उनले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउन आग्रह गरेका छन्।

प्रचण्डले राजनीतिक मतभेद र संसदीय अंकगणित फरक हुन सक्ने भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यलाई राजनीतिक संस्कारका रूपमा विकास गर्नुपर्ने बताए। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै उनले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गरेका छन्।

गणतन्त्र दिवसका अवसरमा उनले न्याय, समानता र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा एकजुट हुन आह्वान गरेका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ८ : ४५ बजे

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन