२२ माघ २०८२, बिहिबार | February 5, 2026

व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत बनौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा व्याप्त निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत रहन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको शुभकामना दिँदै थापाले यस्तो बताएका हुन् । उनले व्यवस्थासँगै देशको अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– २०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण १

आज १७औं गणतन्त्र १ ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ । दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो । बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन । आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ,थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं ।

यही निराशाको तावामा विभिन्न आवरणमा ब्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहदैं लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् ।

गणतन्त्र दिवसको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना !

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १ : ३९ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद