८ कार्तिक २०८३, आइतबार | October 25, 2026

अस्पतालहरु चहार्दा चहार्दै उपचार नपाएर छट्पटिँदै ज्यान गुमाउन बाध्य वीरगन्जकी महिलामा कोरोना पुष्टि



वीरगन्ज । बिरामी भएपछि उपचारको लागि अस्पतालको चक्कर काट्दा काट्दै ज्यान गुमाउन बाध्य भएकी वीरगन्जकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्जको छपकैयामा बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार रातभर ती महिलाका आफन्तले टेम्पोमा राखेर उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा धाएका थिए ।

कोरोना भाइरसको जस्तै लक्षण देखिएकी ती महिलालाई कुनै पनि अस्पतालले उपचार गर्न नमानेपछि शनिबार बिहान २ बजेतिर गण्डक कोभिड अस्पताल पुर्याइएको थियो ।

तर, ज्याला मजदुरी गरेर जीवन संघर्ष गरिरहेकी उनको अस्पतालहरुमा उपचारका लागि संघर्ष गर्दागर्दै ज्यान गएको थियो ।

संविधानमा स्वास्थ्य उपचारलाई आम नागरिकको सार्वभौम अधिकारको रुपमा लेखिएपनि देशको यौटा नागरिक सुविधा सम्पन्न अस्पतालहरुको गेट चहार्दा चहार्दै ज्यान गुमाउन बाध्य भएको छ ।

पैसा कमाउन खोलिएका अस्पतालले त उनलाई भर्ना लिएनन् नै आम जनताको करबाट चलेको सरकारी नारायणी अस्पतालले समेत भर्ना लिएको थिएन ।

अरुबेला बिरामी खरिद गर्नका लागि विचौलियाहरु खडा गर्ने अस्पतालहरुले यतिबेला बिरामीमा श्वासप्रश्वासमा समस्या देखिने वित्तिकै विभिन्न बहाना बनाएर उपचार नै नगर्ने र भर्ना नगर्ने प्रवृत्ति देखाइरहेका छन् ।

यससँगै पर्सामा मात्र कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा १७ पुगेको छ । देशभर मृतकको संख्या ७५ पुगेको छ ।

(हामीले यो तस्विर अजित भुजेलको फेसबुकबाट लिएका छौं )

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ११ : ४७ बजे

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै