३१ असार २०८३, बुधबार | July 16, 2026

पहिरोले पँधेरो पुरेपछि खानेपानीको आपूर्तिमा समस्या



पोखरा । लगातारको वर्षासँगै पोखरा महानगरपालिका–३३ बरमाझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिएपछि सर्वसाधारण समस्यामा परेका छन् ।

असारको पहिलो साता पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र त्यसयताको लगातारको बाढीले पटकपटक क्षति पु¥याएपछि स्थानीयलाई खानेपानीको आपूर्तिमा समस्या भएको हो ।

परापूर्वकालदेखि कटुजे पँधेराको पानी पाण्डेबारी, माझथर, हुँडिकोट, मासबारीलगायत स्थानका ६० भन्दा बढी घरधुरीले उपयोग गर्दै आएको स्थानीयवासी एवम् शिशुकल्याण माध्यमिक विद्यालय भरतपोखरीका शिक्षक सुदन पौडेलले जानकारी दिए ।

कटुजेमा उपल्लो र तल्लो गरी पानीका दुई मुहान रहेकामा दुई वटै पहिराले पुरेको अर्का स्थानीयवासी एवम् चण्डी माविका शिक्षक कमलप्रसाद पौडेलले जानकारी दिए।

पँधेरामा भएको क्षतिबारे स्थानीय तहमा जानकारी गराइसकिएको उल्लेख गर्दै उहाँले यथाशक्य चाँडो पहिरो पन्छाएर खानेपानी आपूर्ति पुनः सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : २३ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही