४ पुस २०८२, शुक्रबार | December 20, 2025

पहिरोले पँधेरो पुरेपछि खानेपानीको आपूर्तिमा समस्या



पोखरा । लगातारको वर्षासँगै पोखरा महानगरपालिका–३३ बरमाझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिएपछि सर्वसाधारण समस्यामा परेका छन् ।

असारको पहिलो साता पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र त्यसयताको लगातारको बाढीले पटकपटक क्षति पु¥याएपछि स्थानीयलाई खानेपानीको आपूर्तिमा समस्या भएको हो ।

परापूर्वकालदेखि कटुजे पँधेराको पानी पाण्डेबारी, माझथर, हुँडिकोट, मासबारीलगायत स्थानका ६० भन्दा बढी घरधुरीले उपयोग गर्दै आएको स्थानीयवासी एवम् शिशुकल्याण माध्यमिक विद्यालय भरतपोखरीका शिक्षक सुदन पौडेलले जानकारी दिए ।

कटुजेमा उपल्लो र तल्लो गरी पानीका दुई मुहान रहेकामा दुई वटै पहिराले पुरेको अर्का स्थानीयवासी एवम् चण्डी माविका शिक्षक कमलप्रसाद पौडेलले जानकारी दिए।

पँधेरामा भएको क्षतिबारे स्थानीय तहमा जानकारी गराइसकिएको उल्लेख गर्दै उहाँले यथाशक्य चाँडो पहिरो पन्छाएर खानेपानी आपूर्ति पुनः सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको