९ बैशाख २०८३, बुधबार | April 22, 2026

इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण



तेल अभीभ । इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई जाने २० वटा सुरङ्गहरू फेला परेको जनाएको छ ।

सीमाको छेउमा रहेको इजरायलले गाजा पट्टीबाट अलग भएपछि सन् २००६ मा हतियार तस्करी रोक्नका लागि सिर्जना गरिएको मध्यवर्ती क्षेत्रको १४ किलोमिटर जमिनलाई ‘फिलाडेल्फी कोरिडोर’ भनेर चिनिन्छ । यो क्षेत्रलाई सन् २००७ मा हमासले प्यालेस्टिनी प्राधिकरणबाट कब्जामा लिएको थियो ।

भूमध्यसागरीय तट नजिकैको एक भाग बाहेक अधिकांश कोरिडोरमा सैनिकहरू भौतिक रूपमा उपस्थित रहेको सेनाले जनाएको छ । निगरानी र फायर पावरद्वारा नियन्त्रित छ । सेनाले सीमापारका केही सुरङ्गहरू रहेको जानकारी पाएको जनाउदै कोरिडोर क्षेत्रका ८२ वटा अन्य मार्गहरू पनि नष्ट हुने जनाएको छ ।

आईडीएफले राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा हमासले राखेका दर्जनौँ रकेट लन्चरहरू फेला पारेको छ । सन् १९७८ मा हस्ताक्षर गरिएको क्याम्प डेभिड सम्झौताका सर्तअन्तर्गत सीमा प्राविधिक रूपमा सैनिक रहित क्षेत्र हो ।

इजरायलले मे ७ मा इजिप्टसँगको रफाह सीमाको प्यालेस्टिनी क्षेत्र र अधिकांश सिमानाको नियन्त्रण लिएको थियो । अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा एकै पटक कम्तिमा एक हजार २०० व्यक्ति मारिएको थियो भने २५२ व्यक्तिलाई बन्धक बनाइएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  १२ : १४ बजे

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले