३ आश्विन २०८३, शनिबार | September 19, 2026

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै



झापा । पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा-केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा-लौकही खण्डको ९५.७६ किलोमिटर सडक पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ । पूर्वी खण्डको ४५ किलोमिटर सडकमा पुल, कल्भर्ट र माटो भर्ने काम जारी रहेको एभ्रास्कन-कालिका जेभीका कन्ट्र्याक्ट म्यानेजर उज्ज्वल प्रसाईंले बताए । पूर्वी खण्डको पुल र सडक निर्माणको ठेक्का एभ्रास्कन-कालिका जेभीले लिएको छ । पूर्वी खण्डमा १८ पुल र एक सय ४३ कल्भर्ट निर्माण गरिने छ ।

हाल उक्त खण्डमा १० पुलको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी काम भइरहेको प्रसाईंले बताए । द्रुत गतिमा काम सम्पन्न गर्ने लक्ष्यका साथ हाल ६५ निर्माणस्थलमा बक्स कल्भर्टको दुई किनाराको फाउन्डेसन निर्माण भइरहेको छ । बर्खापछि राजमार्गमा आवागमन अवरोध नहुने गरी दुई किनाराबाट सवारी ओहोरदोहोरको व्यवस्था मिलाएर कालोपत्र गरिने उनले बताए ।

हाल राजमार्ग रहेको बीचको भाग भत्काएर नयाँ बनाइने छ । यसरी स्तरोन्नतिको काम गर्दा यातायात अवरुद्ध कम हुन्छ । सडकमा अहिले माटो भर्ने काम भइरहेको छ । डेढ लाख घनमिटर माटो भर्ने कार्य सकिएको र त्यसलाई रोलर मेसिनले सम्याएर सडकको स्वरुप दिने कार्यलाई प्राथमिकता दिइएको प्रसाईंले बताए । स्तरोन्नति थाल्नुअघि सडक क्षेत्रका रुख काटिएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ३ : २६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री