४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतले दियो नेपाली सेनालाई १० थान भेन्टिलेटर



काठमाडौं । भारत सरकारले नेपाली सेनालाई १० थान भेन्टिलेटर उपलब्ध गराएको छ । नेपाली सेनाको जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतिय राजदुत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर गरेका थिए ।

नेपाल सरकारले जारी गरेको कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ सफल बनाउन भारत सरकारले १० थान भेन्टिलेटर उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ । भारत सरकारबाट आईपुगेका भेन्टिलेटर लिएर भारतीय राजदुत क्वात्रा नेपाली सेनाको जंगी अड्डा पुगेका थिए । भारतले उपलब्ध गराएको भेन्टिलेटरको मुल्य २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको रहेको नेपाली सेनाले जनाएको छ ।

भारत सरकारले पठाएको भेन्टिलेटर बुझ्दै प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको