२० मंसिर २०८२, शनिबार | December 6, 2025

जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए इजाजतपत्र खारेज हुने



काठमाडौं । सञ्चालन गर्दै आएको क्यासिनोले जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ ।

सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए । उनले भने, “क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने तथा उक्त नवीकरणका लागि एक महिनाअगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने हुन्छ । जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए स्वतः खारेज हुने छ ।”

अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून सङ्ख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए । उनका अनुसार देशभरि क्यासिनो सञ्चालनका लागि २८ इजाजतपत्र दिइएको छ ।

यसैगरी, विभागबाट अनुमति लिई सञ्चालनमा रहेका क्यासिनो सञ्चालकले इजाजतपत्रको मान्य अवधि समाप्त हुनुअगावै (चालु आव असार मसान्त) नवीकरण गर्नुपर्ने भएकाले चालु आवको जेठ मसान्तभित्र बक्यौता र तोकिएबमोजिमको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर तथा क्यासिनो नियमावली, २०७० को नियम १३ (१) मा उल्लिखित कागजात संलग्न गरी विभागमा निवेदन दिन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १० : ५१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति