३ चैत्र २०८२, मंगलबार | March 17, 2026

वर्षा अगावै पृथ्वी राजमार्ग विस्तारको काम द्रूत गतिमा हुन्छ : स्वर्णिम वाग्ले



दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन्।

दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए।

वर्षात्‌मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताए।

राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि पश्चिमी खण्डमा ढिलाइ भएकोबारे सञ्चारकर्मी सांसद वाग्लेलाई जानकारी गराएका थिए।

सांसद वाग्लेले सम्बन्धित निकायलाई वर्षा अगावै काम द्रूत गतिमा अगाडि बढाउन आग्रह गरिएको पनि बताए। उनले भने, ‘निर्माण कम्पनीका ठेकेदारलाई वर्षात्‌को समयमा निर्माणाधीन सडकमा यात्रा गर्न सास्ती हुने भएकाले कामलाई तीव्रता दिन आग्रह गरेका छौँ।’

विगतमा भन्दा आर्थिक वर्ष २०८१/८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रुपमा सम्बोधन गरेको उनको दाबी छ।

अहिलेको मुख्य एजेण्डा विपद् व्यवस्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए। उनले आगलागी र हावाहुरीले पु-याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए।

दमौली अस्पताललाई दुई वटा डायलासिस मेसिन उपलब्ध गराएको जनाउँदै सांसद वाग्लेले संघीय संसद्‌बाट गर्नुपर्ने पहल सकारात्मक रुपमा गर्ने उल्लेख गरे।

पत्रकारिताको विकासमा योगदान दिन निडर, निष्पक्ष भएर कलम चलाउने पत्रकारलाई पुरस्कारको व्यवस्था गर्न तीन करोडको अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए।

आगलागी र हावाहुरी पीडितसँग भेटघाट
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा वाग्लेले आगलागी र हावाहुरी पिडीतसँग भेट गरेका छन्। सो अवसरमा उनले आगलागी र हावाहुरीबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए।

डा वाग्लेले व्यास नगरपालिका–३ फलफूल लाइनमा यही जेठ ७ गते राति आगलागी भएको स्थलको अनुमगन गरे। उनले पीडितलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन राज्यपक्ष गम्भीर हुनुपर्ने बताए।

उनले भने, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्रबाट आगलागी पीडितलाई राहतको महसुस गराउन सक्नुपर्छ।’

उक्त दिन भएको आगलागीबाट २३ सटर र २१ वटा पसलमा क्षति भएको थियो।

आगलागीपछि २१ जनाको रोजगारी गुमेको इमेज मोबाइल सेन्टरका प्रोपाइटर केयरसिंह आले बादलले जानकारी दिए। उनले उक्त सटरहरु तत्काल सञ्चालन हुनुपर्ने माग राखे। जिल्ला समन्वय समितिको भाडामा लगाउँदै आएको सटरमा आगलागी भएको थियो।

डा वाग्लेलाई जेठ १७ गते अपराह्न आएको हावाहुरी र पानीले तीन सय ३० घर, गोठ र विद्यालयमा पु¥याएको क्षतिको बारेमा जानकारी गराइएको थियो।

सो हावाहुरीबाट तनहुँको व्यास, भानु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र रहेका घर, गोठ र विद्यालयमा क्षति भएको थियो। रासस

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ३ : ५१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड