६ पुस २०८२, आइतबार | December 22, 2025

गृहमन्त्रीको अभिव्यक्तिको हिसाबकिताब प्रधानमन्त्रीसँग लिन्छौं : गगन थापा



काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् ।

यस अघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउदै महामन्त्री थापाले अब आफुहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउदै यो भनाईलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे ।

उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउदै भनेका छन्, ‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु पर्यो । हिसाब किताब लिन्छौं र यहि संसदमा लिन्छौं ।’

उनले सहकारी ठगि प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउदै अब संसदमा आफुहरुले जनसरोकारका विषय उठाउदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : २१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको