२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुवेतका पूर्व प्रधानमन्त्री नयाँ युवराज घोषणा



कुवेत । कुवेतका अमिरले राजगद्दी सम्हालेको छ महिनापछि र संसद निलम्बन गरेको केही हप्तापछि शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल-सबाहको नाम सार्वजनिक गरेका छन् ।

सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कुटनीतिक जगतमा अनुभवी व्यक्ति मानिन्छन् ।

गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको छ हप्तापछि संसद विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।

गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए ।अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ ।

सांसदहरूसँग अधिकार भएपनि सरकारसँग उनीहरूको नियमित लडाईंले बारम्बार सङ्कट निम्त्याउँछ ।

कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ र यो देशमा विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष रहेको छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न सङ्घर्ष गरिरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ८ : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय