५ श्रावण २०८३, मंगलबार | July 22, 2026

निर्देशक सुदर्शन थापा पक्राउ



काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।

गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद-२’का निर्देशक हुन् ।

निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ३ : ३२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं