३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एमाले रुपन्देही अधिवेशन : सर्व-सहमतिका नाममा उम्मेदवारलाई घेराबन्दी गरिएको गुनासो



बुटवल । नेकपा एमालेको जारी रुपन्देही जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका खेमप्रसाद लुइटेलले आफुमाथि उम्मेदवारी फिर्ता गराउन घेराबन्दी भएको बताएका छन् । अर्का अध्यक्षका उम्मेदवार यज्ञ गैरेलाई सर्व सम्मत नछाडेको भन्दै आफुमाथि घेराबन्दी भएको उनले बताए ।

भैरहवामा जारी जिल्ला अधिवेशनको उदघाटन सत्र र बन्द सत्र सम्पन्न भएको छ भने ३ वर्षे नयाँ कार्यकालका लागि नेताहरुले सर्वसम्मत बनाउने प्रयास गरेपनि कार्यकर्ताहरु भने निर्वाचनको माध्यमबाट नेतृत्व चुनिनुपर्ने पक्षमा उभिएका छन् । नेताहरुको २ दिनको प्रयासमा जिल्ला अध्यक्ष र महिला सचिव बाहेकको पदमा सर्वसम्मतका लागि सहमत बनाएपनि अध्यक्षमा यज्ञ गैरे र खेम लुइटेल तथा महिला उप सचिवमा देबी वाग्ले, उमा अधिकारी, मधुकला कुँवर र सुमित्रा ठटेरले उम्मेदवारी दिएका छन् ।

निर्वाचन प्रचारमा रहेका लुईटेलले खबरकुरासँग कुरा गर्दै लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक बिधि प्रयोग हुन नदिनेगरि आफुलाई दबाब आएको गुनासो गरे । उनी अन्तिम अवस्थासम्म लोकतान्त्रिक बिधि संस्थागत गर्न पार्टीमा लड्ने समेत बताए । उनले घेराबन्दी कुन समुहबाट आएको भने बताएनन् । सर्वसम्मतको हल्ला मच्चाएर आफुलाई हतोत्साहित बनाउन खोजिएको भन्दै उनले सर्व सम्मतको हल्ला मच्चाउनेहरुलाई चिन्न जरुरी रहेको बताए ।

निर्वाचन समितिका संयोजक धर्म खड्काले सर्वसम्मतका लागि अधिकतमा प्रयास भएको स्वीकार गरे । उनले अहिले पनि प्रयास जारी रहेको बताउँदै पदाधिकारीको हकमा अध्यक्ष र महिला उपसचिव बाहेक अन्य पदमा सहमती कायम भएको जानकारी दिए ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की र पुरुष उपसचिवमा बाबुराम पन्थीका नाममा सर्बसम्मत भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ११ : ४२ बजे

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी