२६ बैशाख २०८३, शनिबार | May 9, 2026

आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने



गोरखा । त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ । सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले जानकारी दिएको छ ।

उक्त चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो तीन घण्टा सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले सो कुरा जानकारी गराएको हो । सो अवधिभर सवारी साधनको व्यवस्थापनमा आवश्यक सहजीकरण गरिदिन प्रशासन र प्रहरीलाई सो डिभिजनले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ७ : ४९ बजे

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा